कांग्रेसको उम्मेदवारलाई राष्ट्रपतिमा जिताउँछौं : डा. शेखर कोइराला

नेपालभ्युज

कांग्रेसको उम्मेदवारलाई राष्ट्रपतिमा जिताउँछौं : डा. शेखर कोइराला

काठमाडौं। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो दलले उठाएको उम्मेदवारलाई राष्ट्रपतिमा जिताउने दाबी गरेका छन्।

राष्ट्रपति पदमा अन्य दलसँग छलफल गरी उम्मेदवार बनाउने उनले बताए । नेपाल प्रेस युनियनको बागमती प्रदेशको पहिलो अधिवेशनमा बोल्ने क्रममा नेता शेखरले उक्त दाबी गरेका हुन् ।

‘राष्ट्रपति निर्वाचनको कुरालाई लिएर सत्तामा भएका केही दलले भाँजो हाल्न खोजेको भनिरहनुभएको छ,’ नेता शेखरले भने,‘हामी सबैभन्दा ठूलो दल हौं । प्रतिपक्षमा छौं । सरकारमा जाँदैनौ, प्रतिपक्षको भूमिका खेल्छौं ।’प्रतिपक्ष दल ‘गर्भमेन्ट इन वेटिङ’ भएको सत्तामा हुने दलहरूले बुझ्नुपर्ने कोइरालाले बताए ।

निर्वाचन आयोगले राष्ट्रपतिको निर्वाचनको मिति फागुन २५ का लागि तोकेको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved