जुम्लामा आगलागी हुँदा एक जना बालिकाको ज्यान गयो

नेपालभ्युज

जुम्लामा आगलागी हुँदा एक जना बालिकाको ज्यान गयो
सांकेतिक तस्वीर

जुम्ला। जुम्लामा आगलागी हुँदा एक जना बालिकाको ज्यान गएको छ । चन्दननाथ नगरपालिका वडा नम्बर १ ठिन्केका  लोकबहादुर भण्डारीको घरमा आगलागी हुँदा १४ वर्षीया छोरी बन्दनाको जलेर ज्यान गएको हो ।

गएराति साढे १० बजेतिर भएको आगलागीबाट तीन तले घरमा पूर्ण रुपमा क्षति पुग्नुका साथै बन्दनाको जलेर ज्यान गएको प्रहरीले जनाएको छ । ३ तले घरमा बालिकासहित ७ जना सुतेका थिए । आगलागी भएपछि अरु घर बाहिर भागे पनि बन्दना तेस्रो तलामा रहेकाले निकाल्न नसकिएको परिवारलाई उदृत गर्दै प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved