नेपाल इकोनोमिक समिट २०२३ हुँदै

नेकपा एमाले निकट उद्योगी व्यवसायीहरूको छाता सङ्गठन नेपाल उद्योग तथा व्यवसायी महासंघले आउँदो वैशाख २४ गते महासंघको स्थापना दिवसको सन्दर्भमा नेपाल इकोनोमिक समिट २०२३ काठमाडौंमा आयोजना गर्ने भएको छ।

नेपालभ्युज

नेपाल इकोनोमिक समिट २०२३ हुँदै

काठमाडौं। नेकपा एमाले निकट उद्योगी व्यवसायीहरूको छाता सङ्गठन नेपाल उद्योग तथा व्यवसायी महासंघले आउँदो वैशाख २४ गते महासंघको स्थापना दिवसको सन्दर्भमा नेपाल इकोनोमिक समिट २०२३ काठमाडौंमा आयोजना गर्ने भएको छ।

नेपाल प्राकृतिक स्रोत र साधनले सम्पन्न भएता पनि पर्याप्त मात्रमा पुँजीको अभाव ,परम्परागत कृषि प्रणाली, सरकारको कमजोर औद्योगिक नीति, नयाँ नयाँ प्रविधिको अभाव, दुई ठुला राष्ट्रको तुलनामा नेपालको कमजोर अर्थ व्यवस्थाका कारण आज सम्म नेपालले आर्थिक प्रगति गर्न नसकेको कुरा महासंघका अध्यक्ष एलपी सावाँ लिम्बुले बताए।

खासगरी नेपाल इकोनोमिक समिट २०२३ सुचनाप्रबिधि,ऊर्जा ,कृषि , खनिज ,वित्तीय र पर्यटनसँग सम्बन्धित मुद्दाहरू मा केन्द्रीकृत भएर गर्न लागिएको हो।

संवृद्ध नेपाल सुखी नेपालीलाई मूर्तरूप दिन नेपाल इकोनोमिक समिटमा २०२३ आयोजना गर्न लागिएको हो। सम्मेलनलाई भव्य र सभ्य बनाउन महासंघ तयारीमा जुटिसकेको जानकारी अध्यक्ष सावाँले दिए।

यही माघ ७ गते बसेको महासंघको तेस्रो विस्तारित बैठकले नेपाल इकोनोमिक समिट आयोजना गर्ने निर्णय गरेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved