यो हो नेपालका पहिलो गभर्नर हिमालय शमशेरले हस्ताक्षर गरेको पहिलो नेपाली नोट

नेपालभ्युज

यो हो नेपालका पहिलो गभर्नर हिमालय शमशेरले हस्ताक्षर गरेको पहिलो नेपाली नोट

काठमाडौं। नेपाल राष्ट्र बैंकको पहिलो गभर्नर हिमालय शमशेर जबराको ९५ वर्षको उमेरमा आइतबार बिहान निधन भएको छ । उनी नेपाली नोटमा हस्ताक्षर गर्ने पहिलो गभर्नर हुन् ।

सामाजिक सञ्जाल फेसबुकमा पुराना मुद्रा संकलकहरूले यो नोट राखेर हिमालय शमशेरको स्मरण गरेका छन् ।

हिमालय शमशेर विगत ५ वर्षदेखि पार्किन्सन्सको समस्याबाट पीडित थिए । उनको थापाथलीस्थित नर्भिक इन्टरनेसनल हस्पिटलमा उपचारका क्रममा निधन भएको हो ।

नेपालका पहिलो गभर्नर तथा हिमालय बैंकका संस्थापक हिमालय शमशेर जबरा

स्वर्गीय राणा  तत्कालीन श्री ५ को सरकारको सचिव हुँदै नेपाल राष्ट्र बैंकको पहिलो गभर्नर बनेका हुन् । राजा महेन्द्रले राष्ट्र बैकको स्थापना गरेर गभर्नरको नियुक्ति दिँदा उनको उमेर मात्र २९ वर्ष थियो । उनी हिमालयन बैंकको संस्थापक पनि हुन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved