काठमाडौं। भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण सचिव डा.दामोदर रेग्मीले कुल गार्हस्थ उत्पादन (जीडीपी) मा सहकारीको योगदान २० प्रतिशत माथि रहेको बताएका छन् । हालै राजधानीमा सम्पन्न ‘सहकारी बजार विकास कार्यक्रम (सीएमडीपी) को सफलता र चुनौती’ विषयक अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै सचिव रेग्मीले ग्रामीण अर्थतन्त्रको मुख्य पाटो सहकारीको योगदान राष्ट्रिय उत्पादनमा ४–५ प्रतिशत मात्र हुनै नसक्ने बताए ।
सचिव रेग्मीले भने, ‘तथ्याङ्कमा सहकारीको योगदान ४–५ प्रतिशत रहेको बताउने गरिएको छ । तर, यति मात्र हुनै सक्दैन । ग्रामीण अर्थतन्त्रको मेरुदण्ड सहकारीको योगदान राष्ट्रिय उत्पादनमा २० प्रतिशत माथि छ, तथ्याङ्क खोजौँ’ उनले भने ।
सोही अवसरमा डा.रेग्मीले बैंक नै नपुगेको, ग्रामीण क्षेत्रमा बैंकिङ कार्य गर्दै सर्वसाधारणलाई बचत र लगानी गर्न सिकाउने सहकारीको महत्त्वलाई बुझ्न नसकिएको भन्दै यसभित्रको विकृतिलाई चिर्नुपर्ने बताए ।
राष्ट्रिय सहकारी महासङ्घको आयोजनामा राजधानीमा दुई दिन चलेको उक्त अन्तर्क्रिया कार्यक्रममा ६ वटा जिल्लाका सहकारीकर्मीहरू सहभागी भएका थिए ।
Facebook Comment
Comment