उत्पादनले मुल्य नपाएको भन्दै सडकमा तरकारी फालेर किसानको विरोध

नेपालभ्युज

उत्पादनले मुल्य नपाएको भन्दै सडकमा तरकारी फालेर किसानको विरोध

चितवन । आफ्नो उत्पादनले लागत अनुसारको मुल्य नपाएको भन्दै चितवनका किसानले सडकमा तरकारी फालेर विरोध जनाएका छन् ।

भारतीय तरकारीको जथाभावी आयातले स्वदेशी तरकारी उत्पादक किसान मारमा परेको भन्दै उनीहरुले नारायणगढको पुल्चोकमा तरकारी फालेर आन्दोलन गरेका हुन् ।

सरकारले आफूहरुको समस्या नसुनेकाले यसरी विरोधमा उत्रनु परेको किसानहरुको गुनासो छ । किसानहरुले बारीमा जाउँ भविष्य छैन, खाडीमा जाउँ उमेर छैन, नेपाली किसान मार्न पाइँदैन, विदेशी तरकारी र फलफूल चाहिँदैन जस्ता नारा लेखिएका  प्लेकार्ड बोकेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved