उच्च अदालत पाटनले भन्यो- महानगरपालिकाको टुकुचा उत्खनन् कानुन विपरीत

नेपालभ्युज

उच्च अदालत पाटनले भन्यो- महानगरपालिकाको टुकुचा उत्खनन् कानुन विपरीत

काठमाडौँ । उच्च अदालत पाटनले काठमाडौं महानगरपालिकाले सुरु गरेको टुकुचा खोला उत्खनन कानुन विपरीत भएको ठहर गरेको छ ।

बुधबार न्यायाधीशहरु महेश शर्मा पौडेल र राज्यलक्ष्मी बज्राचार्यको संयुक्त इजलासले  काठमाडौं महानगरपालिकाले सुरु गरेको टुकुचा खोला उत्खनन गैरकानुनी भएको फैसला गरेको हो ।

काठमाडौँको हात्तिसार क्षेत्रका २२ जनाले महानगरले आफूहरुको जग्गामा डोजर चलाउन लागेको भन्दै उच्च अदालतमा रिट दायर गरेका थिए ।

सो निवेदनमा प्रारम्भिक सुनुवाई गर्दै उच्च अदालतले टुकुचा उत्खनन नगर्न काठमाडौं महानगरपालिकाका नाममा अन्तरिम आदेश समेत दिएको थियो ।

यसअघि राणाकालमा बनेको उक्त सुरुङ पुरातात्विक महत्वको भएको भन्दै पुरातत्व विभागले पनि १३० वर्ष पुरानो टुकुचाको सुरुङ उत्खनन् गर्न नमिल्ने बताएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved