सत्ता समीकरणमा फेरबदल ल्याउन रवि लामिछानेलाई मुद्दा हालियो : महासचिव पोखरेल

नेपालभ्युज

सत्ता समीकरणमा फेरबदल ल्याउन रवि लामिछानेलाई मुद्दा हालियो : महासचिव पोखरेल

काठमाडौं।  नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले सत्ता समीकरणमा फेरबदल ल्याउने उद्देश्यसहित निःवर्तमान गृहमन्त्री रवि लामिछानेलाई नागरिकता प्रकरणमा मुद्दा हालिएको बताएका छन्। एमाले महासचिव पोखरेलले सत्ता समीकरणमा फेरबदल ल्याउन सकिन्छ कि भनेर निःवर्तमान गृहमन्त्री लामिछानेलाई नागरिकता प्रकरणमा मुद्दा हालिएको बताएका हुन्।

आइतबार उनले लामिछानेको नागरिकता प्रकरणले सत्ता समीकरणमा फेरबदल नहुने स्पष्ट पारे। उनले राजनीतिक मिसन अदालती प्रक्रियाले उत्पन्न गरेको प्रश्नहरूका कारण नबिथोलिने भन्दै समस्याहरूको समाधान गरिने बताए।

उनले विगतमा पीआर लिएर विदेशमा बसेका थुप्रै व्यक्तिहरू नेपाल फर्किंदा स्वतः नेपाली नागरिक भएका आम अभ्यास रहेको भए पनि कसैले प्रश्न नउठाएको बताए।

महासचिव पोखरेलले रवि लामिछानेको नागरिकता प्रकरणमा सर्वोच्च अदालतले देखाएको सक्रियता चमत्कारिक रहेको टिप्पणी गरे। उनले अदालतमा त्यस्तै प्रकृतिका मुद्दाहरूको निरुपण गर्न उदासिन हुने र प्रक्रिया नै अगाडि नबढ्ने स्थिति हुने तर कतिपय मुद्दाहरूको फटाफट निर्णय हुने गरेको भन्दै यसको यथोचित जवाफ अदालतले दिनुपर्ने बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved