अल नासर साउदी सुपर कपको सेमिफाइनलबाटै बाहिरियो

नेपालभ्युज

अल नासर साउदी सुपर कपको सेमिफाइनलबाटै बाहिरियो

काठमाडौं। क्रिस्टियानो रोनाल्डो सम्मिलित अल नासर क्लब साउदी सुपर कपको सेमिफाइनलबाटै बाहिरिएको छ ।

अल नासरले रोनाल्डोको डेब्यु लिग खेलमा जित निकाले पनि साउदी सुपर कपमा भने अल नासर अल इत्तेहादसँग सेमिफाइनलमा ३-१ ले पराजित भयो ।

साउदीमा रोनाल्डोले लगातार दुई खेलमा गोल गर्न सकेका छैनन् ।अल इत्तेहादलाई जिताउन रोमारिन्हो, हमदालाह र अल शानक्वीटीले गोल गरे ।

अल नासरका लागि तलिस्काले एक गोल फर्काए ।

अर्को सेमिफाइनलमा अल फायहाले साविक विजेता अल हिलाललाई १-० ले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । अब उपाधिका लागि हल इत्तेहाद र हल फायहाबीच आगामी आइतबार खेल हुनेछ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved