नेपालमा कफी उत्पादनमा ५० प्रतिशतले कमी आयो

नेपालभ्युज

नेपालमा कफी उत्पादनमा ५० प्रतिशतले कमी आयो

काठमाडौं  ।  नेपाल कृषि अनुसन्धान परिषद्का वरिष्ठ सहायक जित चौधरीले नेपालमा पछिल्लो समय ५० प्रतिशत कफी उत्पादनमा कमी आएको बताएका छन् । सोमवार काठमाडौंमा आयोजित नेपालको कफी उत्पादन सम्बन्धि गरिएको अनुसन्धान प्रतिवेदन सार्वजनिक गर्दै चौधरीले नेपालमा पछिल्लो समय ५० प्रतिशत कफी उत्पादनमा कमी आएको बताएका हुन् ।

उनले पछिल्लो १० वर्षको तुलनामा नेपालमा कफी खेती बढेपनि उत्पादन भने ५० प्रतिशतले घटेको अनुसन्धानले देखाएको बताए । उनले नेपालको कफी उत्पादन ६ केजी प्रतिहेक्टर भएपनि अन्य देशको तुलनामा अत्यन्तै कम भएको बताए ।

उनले नेपालमा अब व्यापार तथा निर्यात भन्दा पनि उत्पादन वृद्धिमा ध्यान दिनुपर्ने आवश्यकता रहेको बताए । उनले नेपालमा कफीको उत्पादन बढाउनको लागि बाहिरी देशबाट नयाँ प्रजातिको बीउ ल्याएर वा कफी खेतीमा सुधार गरी उत्पादन वृद्धि गर्नुपर्ने बताए ।

उनले भने,‘पछिल्लो १० वर्षको तुलनामा नेपालमा कफी खेती बढेको छ । तर कफी खेती बढेपनि उत्पादन भने ५० प्रतिशतले घटेको छ । नेपालको कफी उत्पादन ६ केजी प्रतिहेक्टर रहेको छ । अरु देशको तुलनामा नेपालको कफी उत्पादन कम हो । नेपालमा अब व्यापार तथा निर्यात भन्दा पनि उत्पादन वृद्धिमा ध्यान दिनुपर्छ ।

नेपालमा कफीको उत्पादन बढाउनको लागि बाहिरी देशबाट नयाँ प्रजातिको बीउ ल्याएर वा अन्य केही खेतीमा सुधार गरी उत्पादन र खेती बराबरी अवस्थामा पुर्‍याउनु पर्छ । नेपालमा खेती धेरै भएपनि कम उत्पादन हुनुमा नेपालमा भएको कफीको वंशाणुगत गुणहरु वर्षैपिच्छे कम हुँदै गएको छ ।

नेपालमा उच्च किसिमको उत्पादन दिने जातको कफी छैनन् । भएका जातहरुमा पनि सेतो कबायरले सखाप बनाएको छ ।’ उgले नेपालमा कफी खेती धेरै भएपनि कम उत्पादन हुनुमा नेपालमा भएको कफीको वंशाणुगत गुणहरु वर्षैपिच्छे कम हुँदै जानु रहेको बताए । उनले नेपालमा उच्च किसिमको उत्पादन दिने जातको कफी पनि नभएको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved