नेपाल लिगमा फिक्सिङ गरेको आरोपमा अलराउन्डर आदिल र पूर्व खेलाडी आलम पक्राउ

उनीहरूले नेपाल क्रिकेट संघ (क्यान) को रणनीतिक साझेदार सेभेन थ्री स्पोर्टसका मालिक जतिन अहुवालियाको योजना अनुसार स्पट फिक्सिङमा सहयोग गरेको पाइएपछि पक्राउ गरेको सीआईबी स्रोतले जनाएको छ ।

नेपालभ्युज

नेपाल लिगमा फिक्सिङ गरेको आरोपमा अलराउन्डर आदिल र पूर्व खेलाडी आलम पक्राउ

काठमाडौं। नेपाल टी–२० लिगमा स्पट फिक्सिङमा संलग्न भएको आरोपमा पूर्वराष्ट्रिय क्रिकेटर मेहबुब आलम र राष्ट्रिय क्रिकेट टोलीका सदस्य आदिल अन्सारी पक्राउ परेका छन् ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले उनीहरूलाई सोमबार विहान पक्राउ गरेको हो। आलम नेपाल राष्ट्रिय क्रिकेट टोलीका पूर्वअलराउन्डर हुन् । उनको नाममा एकै खेलमा १० विकेट लिएको कीर्तिमान छ ।

उनीहरूले नेपाल क्रिकेट संघ (क्यान) को रणनीतिक साझेदार सेभेन थ्री स्पोर्टसका मालिक जतिन अहुवालियाको योजना अनुसार स्पट फिक्सिङमा सहयोग गरेको पाइएपछि पक्राउ गरेको सीआईबी स्रोतले जनाएको छ ।

यसअघि,राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले खेल चलिरहेका बेला फिक्सिङका लागि खेलाडीलाई अफर आएको खुलासा गरेका थिए ।

पछि प्रतियोगिताका कमेन्टेटर सचिन तिमल्सिनाले पनि फिक्सिङ भएको दाबीसहित फेसबुकमा भिडियो जारी गरेर लिग छाडेको घोषणा गरेका थिए ।

लगत्तै सीआईबीले प्रहरी नायब उपरीक्षक (डीएसपी) सुन्दर तिवारीको नेतृत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरेर अनुसन्धान अघि बढाएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved