अफगानिस्तानमा शीतलहरका कारण १ सय ४ जनाको मृत्यु, ७० हजार पशुपक्षी पनि मरे

नेपालभ्युज

अफगानिस्तानमा शीतलहरका कारण १ सय ४ जनाको मृत्यु, ७० हजार पशुपक्षी पनि मरे

एजेन्सी।अफगानिस्तानमा शीतलहरका कारण मृत्यु हुनेको संख्या १०४ पुगेको छ । तालिबान सरकारले देशका विभिन्न प्रान्तमा चिसोका कारण मृत्यु हुनेको रिपोर्ट आएको र जनताले आर्थिक नोक्सानी बेहोरेको बताएको बीबीसी हिन्दीले जनाएको छ ।

शीतलहरका कारण करिब ७० हजार वटा पशुपक्षी समेत मरेको सरकारले जनाएको छ । जनतालाई मद्दत गर्न के भइरहेको छ ? यस प्रश्नको जवाफमा तालिबानका प्रवक्ताले सरकारी निकायको सहयोगमा एक महिनामा करिब ४० हजार परिवारलाई खाना र पेय पदार्थ उपलब्ध गराएको र सहयोग जारी रहेको बताए ।

अफगानिस्तानमा कडा चिसोका कारण मानवीय संकट बढ्दै गएकोमा संयुक्त राष्ट्रसंघले पनि चिन्ता व्यक्त गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved