२३ दिनमै ब्राजिलका सेनापति बर्खास्त, विपक्षीसँग मिलेर हिंसा फैलाएको आरोप

दुई हप्ताअघि राजधानीमा भएको इतिहासकै खराब दंगा मच्याउन विपक्षीसँग मिलेको आरोपमा राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले देशका सेना प्रमुखलाई बर्खास्त गरेका हुन् ।

नेपालभ्युज

२३ दिनमै ब्राजिलका सेनापति बर्खास्त, विपक्षीसँग मिलेर हिंसा फैलाएको आरोप

एजेन्सी । ब्राजिलका सेनापति सेजर अर्रुडा नियुक्त भएको २२ दिनमै बर्खास्तमा परेका छन् । दुई हप्ताअघि राजधानीमा भएको इतिहासकै खराब दंगा मच्याउन विपक्षीसँग मिलेको आरोपमा राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले देशका सेना प्रमुखलाई बर्खास्त गरेका हुन् ।

पूर्व राष्ट्रपति जैर बोल्सोनारोको कार्यकाल समाप्त हुनु अघि डिसेम्बरको ३० तारिखमा मात्रै जनरल जुलियो सेजर डे अर्रुडा सेनापति नियुक्त भएका थिए । राष्ट्रपति लुलाले सेनापतिले प्रदर्शनकारीहरूसँग मिलेर काम गरेको आशंका गरेको बताएका छन्।  उनले हालैका दिनहरूमा दर्जनौं सैन्य अधिकारीहरूलाई बर्खास्त गरेका छन्।

चुनावमा हारेका पूर्व राष्ट्रपति बोल्सोनारोका हजारौं समर्थकहरूले जनवरी ८ मा राजधानी ब्रासिलियामा राष्ट्रपति निवास, संसद भवन, सर्वोच्च अदालत लगायतका सरकारी भवनहरूमा आक्रमण गरेका थिए ।  हिंसामा धेरै प्रहरी अधिकारीहरू घाइते भएका थिए । प्रहरीले २ हजार जनालाई पक्राउ गरेकोमा १२ सय जना अझै हिरासतमा छन् ।

सर्वोच्च अदालतले घटनाको अनुसन्धान गरिरहेको छ र पूर्व राष्ट्रपति जायर लाई छानबिनमा समावेश गरेको छ। बोल्सोनारोले भने आफ्ना समर्थकहरूको विद्रोहमा कुनै संलग्नता वा जिम्मेवारीलाई अस्वीकार गरेका छन्। गएको अक्टोबरमा भएको चुनावमा पराजित भएका बोल्सोनारोले नतिजा अस्वीकार गर्दै आएका छन् । विजयी भएका लुला दि सिल्भाको शपथ ग्रहण छल्न उनी सुटुक्क अमेरिका पुगेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved