प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट : एपीएफलाई पाखा लगाएर प्रदेश १ फाइनलमा

नेपालभ्युज

प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट : एपीएफलाई पाखा लगाएर प्रदेश १ फाइनलमा

काठमाडौं। प्रदेश एक प्रधानमन्त्री कप राष्ट्रिय टी–२० महिला क्रिकेटको फाइनलमा पुगेको छ । इटहरीको जनता क्रिकेट पार्कमा शुक्रबार एपीएफलाई ८ विकेटले हराउँदै प्रदेश १ ले उपाधि भिडन्त पक्का गरेको हो ।

एपीएफ पहिलो पटक सेमिफाइनलबाट बाहिरिएको छ। उपाधिका लागि शनिबार प्रदेश १ ले सुदूरपश्चिमसँग प्रतिस्पर्धा गर्नेछ ।

४६ रनको झिनो लक्ष्य प्रदेश १ ले ९ ओभरमा २ विकेट गुमाएर पार गर्‍यो । कप्तान रुविना क्षेत्रीले अविजित २० र अप्सरी बेगमले ९ रन जोडे।

पहिले ब्याटिङ गरेको एपीएफ १३.४ ओभरमा ४५ रनमा अलआउट भएको थियो। एपीएफका सीता रानामगरले १० रन बनाइन । अन्य खेलाडी दोहोरो अंक बनाउन असमर्थ रहे।

प्रदेश १ का संगिता राई र एलिसा खडियाले ३–३ तथा सबनम राईले २ विकेट लिइन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved