सोमबारदेखि देशका धेरै ठाउँमा वर्षा, काठमाडौं वरपरकै डाँडामा हिउँ पर्ने सम्भावना

नेपालभ्युज

सोमबारदेखि देशका धेरै ठाउँमा वर्षा, काठमाडौं वरपरकै डाँडामा हिउँ पर्ने सम्भावना
फाइल फोटो

काठमाडौं । लामो समयदेखिको खडेरी तोडिने भएको छ । आउने सोमबार अर्थात माघको ९ गतेदेखि १२ गतेसम्म देशका धेरैजसो ठाउँमा वर्षा हुने भएको हो । वर्षासँगै हिमपात पनि हुने जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

पहाडी क्षेत्रमै बाक्लो हिउँ पर्ने भएकाले काठमाडौं वरपरका डाँडाहरु चन्द्रागिरी, फूलचोकी, शिवपुरी लगायतका डाँडामा हिउँ पर्ने सम्भावना छ ।

काठमाण्डौ उपत्यकासहित विभिन्न पहाडी क्षेत्र र तराईका धेरै ठाँउमा हिउँदे वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । विशेष गरेर सुदूरपश्चिम,कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा धेरै वर्षा र हिमपातको अनुमान छ ।

पश्चिमको तुलनामा पूर्वमा कम प्रभाव पर्ने मौसमविद् धरमराज उप्रेतीले बताएका छन् ।  उनले लेखेका छन्, ‘किसान लाई पानी, हिउँ पारखी लाई हिउँ ।। उजाड देखिएका हिमाल सेताम्मे हुने सम्भावना बलियो।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved