जिउँदो शिशुलाई मृत घोषणा गर्दै अन्त्येष्टि गर्न पठाउने डाक्टर निलम्बनमा

चिकित्सकले मृत घोषित गरेपछि आफन्तले शिशुलाई अन्त्येष्टिको तयारी गरेका थिए। अन्त्येष्टि सुरु हुन लाग्दा शिशुले शरीर चलाएपछि आफन्तले गोल्डेन अस्पताल विराटनगर भर्ना गरेका छन्।

नेपालभ्युज

जिउँदो शिशुलाई मृत घोषणा गर्दै अन्त्येष्टि गर्न पठाउने डाक्टर निलम्बनमा

काठमाडौं। जिउँदो शिशुलाई मृत घोषणा गर्ने चिकित्सकलाई काममा निलम्बन गरिएको छ। उक्त घटनाको छानबिन नहुन्जेलसम्म उनको काम गर्न पाउने छैनन्।

विराटनगरको कोसी अस्पतालले मेडिकल अफिसर डा. आकाश यादवलाई निलम्बन गरेको हो। अस्पतालले छानबिन नसकिएसम्म उपचारमा संलग्न डा. आकाश यादव, अहेब लक्ष्मण माझी र टीका भण्डारीलाई काममा रोक लगाइएको बताएको छ।

घटना छानविन गर्न तीन सदस्यीय समिति बनाएको छ। विराटनगरस्थित कोसी अस्पतालमा उपचार गर्न ल्याइएकी १८ दिने शिशुलाई जीवित छँदै डा. आकाश यादवले मृत घोषणा गरेर घर फर्काइदिएका थिए।

मोरङको जहदा गाउँपालिका– ३ भाथीगन्जीका दिलीप मुखिया र उनकी पत्नी उमाले श्वासप्रश्वासको समस्या देखिएपछि बुधबार बिहान छोरीलाई कोसीको इमर्जेन्सीमा लगेका थिए ।

तर, ड्युटीमा रहेका मेडिकल अफिसर डा. आकाश यादवले धड्कन बन्द भइसकेको भन्दै छोरी फिर्ता लैजान भनेपछि अस्पतालमै उनीहरूसहित आफन्तको रुवाबासी चल्यो । चिकित्सकले मृत घोषित गरेपछि आफन्तले शिशुलाई अन्त्येष्टिको तयारी गरेका थिए। अन्त्येष्टि सुरु हुन लाग्दा शिशुले शरीर चलाएपछि आफन्तले गोल्डेन अस्पताल विराटनगर भर्ना गरेका छन्।

मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले उपचारका क्रममा चिकित्सकको त्रुटि भएको भए छानबिन गरेर विभागीय कारबाही गर्न अस्पताललाई निर्देशन दिएको बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved