राष्ट्रपति पद मेरा लागि बनेको होइन : डा. सन्दुक रुइत

पत्रकार सम्मेलनमा उनले राष्ट्रपति पदमा आफ्नो इच्छा नरहेको भन्दै त्यहाँ गएर भन्दा बाहिर रहेर नै गर्नुपर्ने काम धेरै रहेको बताए ।

नेपालभ्युज

राष्ट्रपति पद मेरा लागि बनेको होइन : डा. सन्दुक रुइत

वरिष्ठ नेत्र रोग विशेषज्ञ डा. सन्दुक रुइतले राष्ट्रपतिमा चाहना नभएको बताएका छन् । डा. रुइतले उक्त पद आफ्नो लागि नभएको समेत बताए ।

बुधवार आयोजित पत्रकार सम्मेलनमा उनले राष्ट्रपति पदमा आफ्नो इच्छा नरहेको भन्दै त्यहाँ गएर भन्दा बाहिर रहेर नै गर्नुपर्ने काम धेरै रहेको बताए । बहराइनको प्रतिष्ठित इशा अवार्ड पाएपछि उनले पत्रकार सम्मेलन गरेका हुन् । गैरराजनीतिक ब्यक्तिबाट राष्ट्रपति बनाउँदा रुइत उपयुक्त पात्र हुन सक्ने चर्चा चलिरहेका बेला उनको यस्तो प्रतिक्रिया आएको हो ।

रुइतले भने, ‘लोकतन्त्रमा राष्ट्रपतिको क्रेडेन्सियल र क्रेडिबिलिटी निकै ठूलो हुन्छ, चाहे रबरस्टाम्प नै किन नहोस् । हामी सबै मिलेर राष्ट्रपतिको गरिमा बढाउनुपर्ने छ । भारतमा कस्तो छ राष्ट्रपतिको पद, त्यसलाई पनि हेर्नुपर्छ । तर यो मेरो लागि होइन । मैले आफ्नो लिमिटेसन र स्थान राम्रोसँग बुझेको छु ।’

डा. रुइतले अन्तर्राष्ट्रिय अवार्ड एक नेपालीले पाउनु भनेको विश्व मानचित्रमा नेपालको आत्मसम्मान र प्रतिष्ठा बढ्नु रहेको पनि बताए । आफ्नो जीवनकै ठूलो कमाइका रुपमा इशा अवार्डलाई हेरेको उनको भनाइ छ ।

डा. रुइतले आफ्नो पछिल्लो उपलब्धीलाई सरकारले कसरी लिन्छ भन्नेकुरा नियालीरहेको पनि बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved