पोखरा विमान दुर्घटना : कोरियाका सैनिकदेखि अष्ट्रेलियाका साइकलिस्टसम्मको दुखद् अन्त्य

जहाजमा रहेका केही विदेशी व्यक्तीको बारेमा बीबीसीले खोजी गरेको छ । बीबीसीका अनुसार जहाजमा अष्ट्रेलियाका २९ वर्षका शिक्षक तथा साइकलिस्ट देखि कोरियाका सैनिकसम्मका व्यक्ति थिए ।

नेपालभ्युज

पोखरा विमान दुर्घटना : कोरियाका सैनिकदेखि अष्ट्रेलियाका साइकलिस्टसम्मको दुखद् अन्त्य

कास्की। नेपालमा आइतबार तीन दशक यताकै सबैभन्दा ठूलो हवाई दुर्घटना हुँदा ७१ जनाको ज्यान गएको छ । वेपत्ता १ जनाको खोजी भइरहेको छ ।  विमानमा रहेका ६८ यात्रुमध्ये ५३ जना नेपाली, ५ भारतीय, चार रुसी र दुई कोरियाली नागरिक रहेका थिए ।

चालक दलका चार जना पनि नेपाली नै थिए । जहाजमा विदेशी नागरिकमध्ये बेलायत, अष्ट्रेलिया, अर्जेन्टिना र फ्रान्सका एक–एक जना यात्रु रहेका छन् । जहाजमा रहेका केही विदेशी व्यक्तीको बारेमा बीबीसीले खोजी गरेको छ ।

बीबीसीका अनुसार जहाजमा अष्ट्रेलियाका २९ वर्षका शिक्षक तथा साइकलिस्ट देखि कोरियाका सैनिकसम्म थिए ।

अष्ट्रेलियाका शिक्षक तथा साइकलिस्ट माइरोन लभ

अष्ट्रेलियाका अधिकारीले सिड्नीका २९ वर्षीय शिक्षक तथा साइकलिस्ट माइरोन लभ दुर्घटनामा मारिएको पुष्टि गरेका छन् । माइरन लभको मृत्युले उनको गृह सहर शोकमा डुबेको छ । उनका साथीहरुले माइरन एक अद्भुत व्यक्ती भएको र उनीसँग धेरै क्षमता रहेको स्मरण गरेका छन् । माइरन दयालु, उर्जावान र रमाइलो मानिस रहेको र उनको मृत्युको खबरले आफ्नो धड्कन नै बन्द हुने अवस्थामा पुगेको एक स्थानीयले बताएका छन् ।

एक दक्षिण कोरियाली सैनिक र उनको छोरा

छोरालाई नेपाल घुमाउन आएका दक्षिण कोरियाली एक सैनिक र उनका छोराको पनि विमान दुर्घटनामा निधन भयो । ४५ वर्षीय यु दक्षिण कोरियाली सेनामा सर्जेन्ट थिए।  १४ वर्षका छोराको स्कुलको जाडो बिदा मनाउन बाबु छोरा नेपाल आएका थिए । उनीहरुले पोखरा आसपासमा हाइकिङको योजना बनाएका थिए ।

यात्रा सुरु हुनुअघि उनीहरुले कोरियामा रहेका परिवारलाई आफूहरु भारतबाट नेपाल जाने र त्यहाँ हाइकिङ गर्ने सन्देश पठाएका थिए । तर त्यसपछि उनीहरुको परिवारले घुमघामको होइन दुर्घटनाको समाचार सुने ।

भारतबाट आएका ४ जना र बाँकी विदेशीको पनि दुर्घटनामा निधन भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved