प्रधानमन्त्री कप राष्ट्रिय टी–२० क्रिकेट : एपीएफलाई हराउँदै सुदूरपश्चिम सेमिफाइनलमा

लगातार तेस्रो जित निकालेको सुदूरपश्चिम ६ अङ्कसहित समुह ‘ए’ को शीर्ष स्थानमा छ भने  ४ अङ्कसहित एपीएफ दोस्रो स्थानमा छ।

नेपालभ्युज

प्रधानमन्त्री कप राष्ट्रिय टी–२० क्रिकेट : एपीएफलाई हराउँदै सुदूरपश्चिम सेमिफाइनलमा

काठमाडौं। सुदूरपश्चिम प्रदेश प्रधानमन्त्री कप राष्ट्रिय टी–२० महिला क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ।

इटाहरीस्थित जनता क्रिकेट पार्कमा मंगलबार भएको खेलमा सुदूरपश्चिमले एपीएफलाई ४ विकेटले पराजित गरेको हो।

लगातार तेस्रो जित निकालेको सुदूरपश्चिम ६ अङ्कसहित समुह ‘ए’ को शीर्ष स्थानमा छ भने  ४ अङ्कसहित एपीएफ दोस्रो स्थानमा छ।

९२ रनको झिनो लक्ष्य सुदूरपश्चिमले १९.२ ओभरमा ६ विकेटको क्षतिमा पुरा गर्‍यो ।

सुदूरपश्चिमको लागि डली भट्टले ३३ र ऋतु कनौजियाले १० रन जोडे।

एपीएफको लागि नेरी थापाले ३ तथा सीता राना मगर, इन्दु बर्मा र सुमन विष्टले १–१ विकेट लिए।

पहिले ब्याटिङ गरेको एपीएफले पुरै ओभर खेल्दा ९ विकेटको क्षतिमा ९१ रन बनायो।

एपीएफको लागि ममता चौधरीले अविजित २६ र रोमा थापाले १५ रन जोडे । सुदूरपश्चिमका लागि ऋतुले २ र कविता कुँवरले १ विकेट लिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved