भियतनामका राष्ट्रपतिद्वारा राजीनामा

राजीनामासँगै उनि भियतनाम कम्युनिष्ट पार्टीको पोलिटब्युरो (भिसिपी)तथा त्यसको १३ औँ केन्द्रीय समितिको सदस्यबाट समेत मुक्त भएका छन् ।

नेपालभ्युज

भियतनामका राष्ट्रपतिद्वारा राजीनामा

हनोइ । भियतनामका राष्ट्रपति गुएन सुआन फुकले पदबाट राजीनामा दिएका छन् । उनले व्यक्तिगत कारणले पदत्याग गरेको सरकारी समाचार समितिले जनाएको छ । राजीनामासँगै उनि भियतनाम कम्युनिष्ट पार्टीको पोलिटब्युरो (भिसिपी)तथा त्यसको १३ औँ केन्द्रीय समितिको सदस्यबाट समेत मुक्त भएका छन् ।

आज भएको केन्द्रीय समितिको बैठकमा उनले पदत्यागको घोषणा व्यक्तिगत कारणले गरेको जानकारी दिइएको थियो । दुई वर्षअघि उनि भियतनामको राष्ट्रपतिमा निर्वाचित  भएका थिए । यो महिनाको प्रारम्भमा दुई जना उपप्रधानमन्त्री फाम बिन मिन र भु डक डमलाई पनि भिसिपीको १३ औँ केन्द्रीय समितिको सदस्यबाट मुक्त गरिएको थियो । उनिहरू पदमुक्त भएसँगै दुई जना नयाँ नेताको नियुक्तिलाई समितिले अनुमोदन गरेको थियो । सिन्हा


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved