दुर्घटनामा परेको विमानको ब्ल्याक बक्स भेटियो, ४० शवको पहिचान

ब्ल्याक बक्स विमानको पछिल्लो भागमा रहने विद्युतीय उपकरण हो। जति ठुलो दुर्घटना भए पनि यो उपकरण सुरक्षित रहने गरी बनाइएको हुन्छ । यो उपकरणबाट विमान दुर्घटनाको कारण पत्ता लगाउन सहज हुनेछ ।

नेपालभ्युज

दुर्घटनामा परेको विमानको ब्ल्याक बक्स भेटियो, ४० शवको पहिचान

पोखरा । सेती नदी खोँचमा दुर्घटना भएको यती एअरलाइन्सको विमानको भग्नावशेषमा ब्ल्याक बक्स भेटिएको छ । नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले “ब्ल्याक बक्स सुरक्षित रूपमै भेटिएको जानकारी दिएका छन्।

विमानको पछिल्लो भाग हिजो आइतबार भेटिएको थिएन । आज त्यो भेटिएको उनले बताएका छन् । विमानको पछिल्लो भागमा हुने यो उपकरणबाट विमान दुर्घटनाको कारण पत्ता लगाउन सहज हुनेछ ।

यो जहाजमा हुने ब्ल्याक बक्समा फ्लाइट डेटा रेकर्डर र ककपिट भोइस रेकर्ड दुवै हुने भएकाले अनुसन्धानमा निकै महत्त्वपूर्ण हुने जाँचबुझ समितिका सदस्यसचिव बुद्धिसागर लामिछानेले बताएका छन् ।

ब्ल्याक बक्स विमानको पछिल्लो भागमा रहने विद्युतीय उपकरण हो। जति ठुलो दुर्घटना भए पनि यो उपकरण सुरक्षित रहने गरी बनाइएको हुन्छ ।

यसैबीच विमान दुर्घटनामा मृत्यु भएका मध्ये अहिलेसम्म ४० जनाको शव पहिचान भएको छ । कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाहीका अनुसार दुर्घटनास्थलमा फेला परेका सबै ६८ वटा शव अस्पतालमा राखिएको छ।

यसअघि यती एअरलाइन्सले विमान दुर्घटनामा परेकामध्ये ६९ जनाको शव भेटिएको जनाएको थियो । तर प्रशासनले भने ६८ वटा शव भेटिएको भन्दै बाँकी ४ जनाको खोजी भइरहेको जनाएको छ ।

विमानका क्याप्टेनको शव उनकी श्रीमतीले पहिचान गरेकी छन् । अन्य शव पनि पहिचान गरेर आफन्तको जिम्मा लगाउने प्रक्रिया चलिरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved