प्रधानमन्त्री कप महिला क्रिकेट : प्रदेश एकको दोस्रो जित

नेपालभ्युज

प्रधानमन्त्री कप महिला क्रिकेट : प्रदेश एकको दोस्रो जित

काठमाडौं। प्रदेश एकले प्रधानमन्त्री कप राष्ट्रिय टी–२० महिला क्रिकेट प्रतियोगितामा दोस्रो जित निकालेको छ। इटहरीको जनता क्रिकेट पार्कमा सोमबार भएको खेलमा प्रदेश एकले लुम्बिनीलाई ९ रनले पराजित गरेको हो।

यससँगै प्रदेश एकको सेमिफाइनल पुग्ने सम्भावना बलियो भएको छ। लगातार दोस्रो जितसँगै ४ अंक जोडेको प्रदेश एक समूह ‘बी’को शीर्ष स्थानमा छ। २ अंकसहित लुम्बिनी भने दोस्रो स्थानमा छ।

६० रनको लक्ष्य पछ्याएको लुम्बिनीले पुरै ओभर खेल्दा ७ विकेटको क्षतिमा ५० रन बनायो। लुम्बिनीको लागि लक्ष्मी चौधीले ३१ रन जोडे। ५ खेलाडीले दोहोरो अंक बनाउन नसकेनन् भने २ खेलाडी शून्य रनमा आउट भए। प्रदेश एकको लागि सङ्गीता राईले २ तथा रुबिना क्षेत्री, सबनम राई र ज्योति दनुवारले १–१ विकेट लिइन्।

पहिले ब्याटिङ गरेको प्रदेश १ ले पूरै ९ ओभर खेल्दा ४ विकेटको क्षतिमा ५९ रन बनायो। प्रदेश १ को लागि काजल श्रेष्ठले २१ र कप्तान रुबिना क्षेत्रीले १७ रन जोडे। लुम्बिनीको लागि कृतिका मारासैनी, सरस्वती पुन र बिवासना बिसीले १–१ विकेट लिए।

बाक्लो कुहिरोको कारण खेल ढिला सुरु भएको थियो। खेललाई ९ ओभरमा सीमित गरिएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved