मधेश प्रदेशमा सभामुखको मतदान स्थगित

नेपालभ्युज

मधेश प्रदेशमा सभामुखको मतदान स्थगित

जनकपुरधाम। आज हुने भनिएको  मधेस प्रदेश सभाको बैठक र सभामुखको मतदान स्थगित भएको छ ।

पोखरामा भएको विमान दुर्घटनाका कारण सोमबार राष्ट्रिय शोक बिदा घोषणा गरिएकोले मधेस प्रदेश सभाको बैठक पनि स्थगित गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ।

प्रदेश सांसदहरूलाई मोबाइलमा एसएमएस पठाएर बैठक स्थगित गरिएको जानकारी दिइएको छ । आजको बैठकमा नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिने र सभामुखको मतदान हुने कार्यतालिका थियो ।

अब मंगलबार दिउँसो १ बजे बैठक बस्ने सूचना सांसदहरूलाई पठाइएको छ । यसका साथै मंगलबार नै सभामुखको निर्वाचनसमेत हुने सचिवालयले एसएमएसमार्फत जानकारी पठाएको सांसद रामचन्द्र मण्डलले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved