अफगानिस्तानमा पूर्व महिला सांसद र उनका सुरक्षा गार्डको गोली हानी हत्या

नेपालभ्युज

अफगानिस्तानमा पूर्व महिला सांसद र उनका सुरक्षा गार्डको गोली हानी हत्या

एजेन्सी। अफगानिस्तानका पूर्व सांसद र उनका सुरक्षा गार्डको काबुलस्थित आफ्नै निवासमा गोली हानी हत्या गरिएको छ ।

३२ वर्षीया मुर्सल नबिजादा अगस्ट २०२१ मा तलिबान फर्किएपछि पनि देश नछाडेका महिला सांसदमध्येकी एक हुन् ।

आइतबार भएको आक्रमणमा उनका भाइ र अन्य सुरक्षाकर्मी पनि घाइते भएका थिए । अफगानिस्तानमा तालिवानको पुनरागमन भएदेखि, महिलालाई सबै प्रकारका सार्वजनिक जीवनबाट पूर्णरूपमा हटाइएको थियो ।

काबुल प्रहरीका प्रवक्ता खालिद जद्रानले सुरक्षा बलले घटनाको गम्भीरताका साथ अनुसन्धान सुरु गरेको बताए ।

नाबिजा सन् २०१८ मा पूर्वी प्रान्त दानानगरबाट संसदमा निर्वाचित भएकी थिइन् । उनी संसदीय रक्षा आयोगको सदस्य थिइन् र मानव संसाधन विकास संस्थानमा काम गर्थिन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved