यति एअर दुर्घटना : संसारभरबाट दु:ख व्यक्त, विदेशी मिडियामा हवाई सुरक्षाको चर्चा

विमान दुर्घटनापछि संसारभरका विभिन्न देश र व्यक्तिबाट नेपालले शोक सन्देश प्राप्त गरेको छ । नेपालमा भएको विमान दुर्घटनामा विदशी ठूला सञ्चारमाध्यमले महत्व दिएर समाचार प्रकासन र प्रसारण गरेका छन् ।

नेपालभ्युज

यति एअर दुर्घटना : संसारभरबाट दु:ख व्यक्त, विदेशी मिडियामा हवाई सुरक्षाको चर्चा

काठमाडौं। पोखरामा आइतबार विहान भएको यति एअरलाइन्सको विमान दुर्घटनामा ६८ जनाको मृत्यु भएको छ । विमानमा सवार ४ जनाको अवस्था अझै थाहा हुन सकेको छैन । सोमबार पनि विहानैदेखि खोजीकार्य चलिरहेको छ। विमान दुर्घटनामा ५७ जना नेपाली, ५ जना भारतीय र बाँकी १५ जना अरु देशका नागरिक परेका छन्।

विमान दुर्घटनापछि संसारभरका विभिन्न देश र व्यक्तिबाट नेपालले शोक सन्देश प्राप्त गरेको छ । नेपालमा रहेका अमेरिका र चीनका दूतावासले आइतबार दिउँसो नै दुख व्यक्त गरेका थिए । नेपालको दुखमा साथमै रहेको अमेरिका र चीनको भनाई छ ।

बेलुका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि ट्विट गरेर दुख व्यक्त गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना दिएका छन् । पाकिस्तानी राष्ट्रपति डा. आरिफ अल्भीले पनि  घटनामा दुख जनाउँदै इश्वरले दुख सहन सक्ने क्षमता प्रदान गरुन भनेर कामना गरेका छन् ।

रुसी राष्ट्रपति भ्लामिर पुटिनले पनि राष्ट्पति विद्यादेवी भण्डारीलाई सन्देश पठाएर दुख जनाएका छन् । यस्तै विश्व स्वास्थ्य संगठनका प्रमुख डा.टेड्रोस अदानम गेब्रेयसयसले पनि दुख व्यक्त गर्दै समवेदना दिएका छन् ।

नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले पनि घटनाप्रती दुख व्यक्त गर्दै नेपालको दुखमा बेलायत सधैँ साथमा रहेको र आवश्यक सहयोगको लागि तयार रहेको उल्लेख गरेकी छिन् ।  नेपालमा रहेका विदेशी दूतावास र संसारका अन्य थुप्रै देशबाट पनि दुख र शोक सन्देश नेपाललाई प्राप्त भएका छन् ।

मिडिया कभर

नेपालमा भएको विमान दुर्घटनामा विदशी ठूला सञ्चारमाध्यमले महत्व दिएर समाचार प्रकासन र प्रसारण गरेका छन् । बीबीसीले दुर्घटना भएलगत्तै नेपालको विमान दुर्घटनालाई मूख्य समाचार बनाएको छ । बीबीसीले आइतबार दिनभर दुर्घटनाको अपटेड गरिरहेको थियो । सोमबार विहान भने नेपालमा आज शोक विदा दिएको उल्लेख गर्दै प्रमुख समाचार बनाएको छ । नेपालमा  पछिल्लो ३० वर्षयताकै ठूलो दुर्घटना हुँदा देश शोकमा डुबेको बीबीसीको खबरमा उल्लेख छ । यस्तै नेपालको हवाई क्षेत्रमा हुँदै आएको लापरबाहिको आरोप र कमजोर कानुनबारे पनि उल्लेख छ ।

‘नेपालमा नयाँ विमानमा लगानीको अभाव र कमजोर नियमनलाई पनि विगतमा दोष लगाइएको थियो। प्रशिक्षण र मर्मतसम्भार मापदण्डको चिन्तालाई लिएर युरोपेली संघले नेपाली वायुसेवा कम्पनीलाई आफ्नो हवाई क्षेत्रबाट प्रतिबन्ध लगाएको छ ।’ बीबीसीको खबरमा उल्लेख छ ।

वासिङ्टन पोष्टले पनि संगम प्रसाईँ, केली कासुलिस र लिओ सान्ड्सको बाइलाइनमा लामो स्टोरी छापेको छ । न्युयोर्क टाइम्सले पनि भद्र शर्मा र करनदीप सिँहको बाइलाइनमा दुर्घटनाको समाचारमालाई प्राथिमकता दिएको छ । न्युयोर्क टाइम्सको समाचारमा पनि नेपालको हवाई सुरक्षाको विषयलाई उठाइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved