विमान दुर्घटना : विहानैदेखि खोजी जारी, पहिचान भएका शव आफन्तलाई बुझाउने तयारी

विमानमा रहेका ७२ जनामध्ये आइतबार रातिसम्म ६९ जनाको शव भेटिएको छ । अझै ३ जनाको शव भेटिएको छैन ।

नेपालभ्युज

विमान दुर्घटना : विहानैदेखि खोजी जारी, पहिचान भएका शव आफन्तलाई बुझाउने तयारी

पोखरा। पोखरामा आइतबार भएको यति एअरलायन्सको विमान दुर्घटनास्थलमा आज सोमबार पनि विहानैदेखि खोजी र उद्धारको काम भइरहेको छ ।

विमानमा रहेका ७२ जनामध्ये आइतबार रातिसम्म ६९  जनाको शव भेटिएको छ । अझै ३ जनाको खोजी भइरहेको छ ।

उनीहरु सेती नदीको पानीमा वा भीरमा अड्किएको हुन सक्ने शंका छ । अफ्ठेरो ठाउँ भएकाले उद्दारमा समस्या भइरहेको कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिए।

पहिचान भएका पोखरा र आसपासका व्यक्तिको शव आज पोखरामा नै आफन्तको जिम्मा लगाउने लगाउने तयारी छ । काठमाण्डौका, आफन्त काठमाण्डौ नै भएका र विदेशी यात्रुका शवलाई हेलिकप्टरबाट काठमाण्डौ ल्याउने तयारी छ ।

प्रहरीका अनुसार धेरैजसो शवहरु पहिचान गर्न नसकिने अवस्थामा छन् । विमानमा ६८ जना यात्रु र ४ जना चालक दलका सदस्यसहित ७२ जना व्यक्ति रहेका थिए ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved