प्रधानमन्त्री कप महिला क्रिकेट : मधेसको पहिलो जित

नेपालभ्युज

प्रधानमन्त्री कप महिला क्रिकेट : मधेसको पहिलो जित

काठमाडौं। मधेस प्रदेशले प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ।

इटहरीस्थित जनता क्रिकेट पार्कमा आइतबार भएको खेलमा मधेसले कर्णाली प्रदेशलाई ८ विकेटले पराजित गरेको हो।

८० रनको लक्ष्य मधेसले १०.२ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्‍यो। मधेसको लागि अनुराधा चौधरीले अविजित ३८ र प्रतिमा साहले अविजित १८ रन जोडे। कर्णालीको लागि भने बिना थापाले २ विकेट लिइन्।

पहिले ब्याटिङ गरेको कर्णालीले पूरै ओभर खेल्दा ६ विकेटको क्षतिमा ७९ रन बनायो। कर्णालीको लागि तृष्णा विश्वकर्माले १५ र किरण कुँवरले १३ रन जोडे। मधेसको लागि भूमि सिंहले ४ र अमिरन निशाले २ विकेट लिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved