प्रधानमन्त्री कप महिला क्रिकेट : एपीएफको दोस्रो जित

नेपालभ्युज

प्रधानमन्त्री कप महिला क्रिकेट : एपीएफको दोस्रो जित

काठमाडौं। प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेटमा एपीएफले दोस्रो जित निकालेको छ।

इटहरीस्थित जनता क्रिकेट पार्कमा भएको खेलमा एपीएफले बागमतीलाई ५३ रनले पराजित गरेको हो।

१३७ रनको लक्ष्य पछ्याएको बागमती पूरै ओभर खेल्दा ९ विकेटको क्षतिमा ८३ रन मात्र बनायो। बागमतीको लागि हेलिशा गुरुङले २२ र सोनी पाख्रीनले १३ रन जोडे।

बागमतीको लागि निशा भट्टले ३, सीता राना मगरले २ र रेखा रावलले १ विकेट लिए।

पहिले ब्याटिङ गरेको एपीएफले पूरै ओभर खेल्दा ४ विकेटको क्षतिमा १३६ रन बनाएको हो। एपीएफको लागि इन्दु बर्माले ३८ र सीता राना मगरले ३६ रनको योगदान गरे।

बागमतीको लागि सोनी पाख्रिन, मनीषा उपाध्याय, खुसी डंगोल, र अस्मिना कर्माचार्यले १–१ विकेट लिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved