एजेन्सी। चीनमा कोभिडका कारण एक महिनामै ६० हजार ज्यान गएको छ । राष्ट्रिय स्वास्थ्य आयोग अन्तर्गतको चिकित्सा प्रशासन ब्युरोका प्रमुख जियाओ याहुईले पत्रकार सम्मेलनमार्फत् कोभिडबाट सिर्जित समस्याका कारण एकै महिनामा ६० हजार जनाको ज्यान गएको जानकारी दिएका छन् ।
सन् २०२२ को डिसेम्बर ८ देखि यस वर्षको जनवरी १२ सम्ममा चीनमा ५९ हजार ९ सय ३८ जनाको कोभिड सङ्क्रमण तथा त्यससँग सम्बन्धित अरु कारणबाट ज्यान गएको ज्यान गुमाउने यो तथ्याङ्क रेकर्ड गरिएको सङ्ख्या मात्र भएकाले अझ धेरै नागरिकले ज्यान गुमाएका हुनसक्ने अनुमान समेत गरिएको छ ।
जियाओका अनुसार रेकर्ड सङ्ख्यामध्ये ५ हजार ५ सय ३ जनाको कोभिड सङ्क्रमण तथा ५४ हजार ४ सय ३५ जनाको कोभिडसँग जोडिएका अन्य समस्याबाट ज्यान गएको हो । गएको डिसेम्बरमा शून्य कोभिड नीति हटाएपछि चीनमा सङ्क्रमण थप फैलिएको छ ।
Facebook Comment
Comment