प्रधानमन्त्री कप महिला क्रिकेट : सुदूरपश्चिमले बागमतीलाई हरायो

नेपालभ्युज

प्रधानमन्त्री कप महिला क्रिकेट : सुदूरपश्चिमले बागमतीलाई हरायो

काठमाडौं। प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेटमा सुदूरपश्चिमले बागमती प्रदेशलाई ३३ रनले हराएको छ ।

इटहरीको जनता क्रिकेट पार्कमा १२८ रनको लक्ष्य पछ्याएको बागमतीले पुरै ओभर खेलेर ७ विकेट गुमाउँदै ९४ रन बनाउन सक्यो ।

बागमतीका लागि कञ्चन श्रेष्ठले १६ र सोनी पाख्रिनले १५ रन जोड्नुवाहेक अन्यको प्रदर्शन उल्लेख्य रहेन  सुदूरपश्चिमका ऋतु कनौजिया र मनिषा चौधरीले २–२ तथा इश्वरी विष्टले १ विकेट लिइन्।

पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले पुरै ओभर खेलेर ५ विकेट क्षतिमा १२७ रन बनाएको थियो। सुदूरपश्चिमका कविता कुँवरले ५० रन बनाइन । विन्दु रावल र सम्झना खड्काले १०–१० रनको योगदान गरे ।

कविताले ४८ बलमा ६ चौका र १ छक्का प्रहार गर्दै अर्धशतक पुरा गरिन्। बागमतीका लागि  अस्मिना कर्मचार्यले २ तथा मनिषा उपाध्याय, खुशी डंगोल र याशु पाण्डेले १–१ विकेट लिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved