श्रीलंकासँगको दोस्रो एकदिवसीय क्रिकेट पनि भारतले जित्यो,शृङ्खला कब्जा

नेपालभ्युज

श्रीलंकासँगको दोस्रो एकदिवसीय क्रिकेट पनि भारतले जित्यो,शृङ्खला कब्जा

एजेन्सी ।श्रीलंकासँगको दोस्रो एकदिवसीय क्रिकेटमा पनि भारत विजयी भएको छ । गएराति भएको  दोस्रो खेल ४ विकेटले जितेसँगै भारतले एक खेल बाँकी छँदै शृङ्खला जितेको हो । जितका लागि २ सय १६ रनको लक्ष्य पछ्याएको भारतले ४३ ओभर २ बलमा ६ विकेट गुमाउँदै भेट्टायो ।

भारतका लोकेश राहुलले नटआउट ६४ रन बनाए । श्रीलङ्काका लागि लाहिरु कुमारा र चामिका करुणारत्नेले दुई/दुई विकेट लिए । त्यसअघि इडेन गार्डेनमा टस जितेर पहिला ब्याटिङ गरेको श्रीलङ्का ३९ ओभर ४ बलमा २ सय १५ रनमा अलआउट भयो । डेब्यु खेलमा नुवानिदु फ्रेनान्डोले सर्वाधिक ५० रन बनाए ।

भारतका कुलदीप यादव र मोहम्मद शिराजले समान तीन विकेट लिए । उमरान मलिकले दुई र अक्षर पटेलले एक विकेट लिए । तेस्रो तथा अन्तिम खेल आइतवार हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved