पुनः सञ्चालनमा आउन थाले अमेरिकी उडान

नेपालभ्युज

पुनः सञ्चालनमा आउन थाले अमेरिकी उडान

न्यूयोर्क । अमेरिकी वायुसेवा अधिकारीहरूले बुधबार देशभरका उडानहरू ‘क्रमशः पुनः सञ्चालनमा आउन थालेको’ बताएका छन्।

संघीय वायुसेवा उड्ययन प्रशासनले (एफएए) ले ट्वीटरमार्फत् जारी विज्ञप्तिमा भनिएको छ, ‘अमेरिकामा अवरूद्ध बनेको हवाई यातायात क्रमशः पुनः सञ्चालनमा आइरहेको छ ।

एफएएले विमानस्थलमा नै रोक्नका लागि जारी निर्देशनलाई हटाउँदै प्रारम्भिक समस्याको कारण खोजी जारी गरेको जनाएको छ । अवरूद्ध सबै सेवालाई केही समयमा नै नियमित बनाउने एफएएले जनाएको छ ।

यसपहिले अमेरिकी फ्लाइट ट्रयाकिङ वेबसाइट (फ्लाइटअवेयर) ले दिएको जानकारीअनुसार कम्प्युटरमा समस्या भएपछि पूर्वी क्षेत्रमा एक हजार भन्दा बढी उडानहरू ढिलो भएका आन्तरिक तथा बाह्य गरी करिब १०० भन्दा बढी उडान रद्द भएका थिए ।  एएफपी


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved