लुम्बिनीको मुख्यमन्त्रीमा एमालेका लीला गिरी नियुक्त, भोलि शपथ

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमालेका लीला गिरी नियुक्त भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले गिरीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। बिहीबार दिउँसो १ बजे प्रदेश राजधानी रापती उपत्यकामा उनको शपथ कार्यक्रम छ।

नेपालभ्युज

लुम्बिनीको मुख्यमन्त्रीमा एमालेका लीला गिरी नियुक्त, भोलि शपथ

काठमाडौं। लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमालेका लीला गिरी नियुक्त भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले गिरीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। बिहीबार दिउँसो १ बजे प्रदेश राजधानी राप्ती उपत्यकामा उनको शपथ कार्यक्रम छ।

गिरीलाई सत्ता गठबन्धनसहित लोसपाका ३ र स्वतन्त्र २ सांसद गरी गिरीलाई ५८ जनाको समर्थन छ। लुम्बिनी प्रदेशमा एमालेका २९, माओवादी केन्द्रका १०, राप्रपाका ४, जसपा र जनमतका ३\३, सीट छन्। नागरिक उन्मुक्तिसँग ४ सीट र स्वतन्त्र २ जना सांसद रहेका छन्।

८७ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४४ सीट आवश्यक पर्छ । प्रदेशमा कांग्रेसका २७, लोसपाका ३ र नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका १\१ सदस्य छन्।

गाविस अध्यक्षदेखि मुख्यमन्त्रीसम्म

यसअघि शङ्कर पोखरेल नेतृत्वको प्रदेश सरकारमा सहभागी भइसकेका गिरीलाई शालीन नेताको रूपमा चिन्ने गरिन्छ। मंसिर ४ गते सम्पन्न चुनावमा रुपन्देही क्षेत्र २(क) बाट कांग्रेस नेतृत्वको गठबन्धनलाई पराजित गर्दै लुम्बिनी प्रदेशसभामा विजयी भए।

अघिल्लो निर्वाचनमा पनि उनी सो क्षेत्रबाट विजयी भएका थिए।

गिरीले शंकरनगर गाउँ विकास समितिमा बहुदलीय व्यवस्थाको पहिलो जन निर्वाचित अध्यक्ष भएर काम गरेका थिए। सहिद गङ्गालाल पुस्तकालयको महासचिव, क्रान्तिकारी बुद्धिजीवी संघ, शिक्षक सङ्गठन, युवा सक्रिय दलमा सहभागी भए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved