जनकपुरलाई हराउँदै विराटनगर नेपाल टी–२० लिगको फाइनलमा

नेपालभ्युज

जनकपुरलाई हराउँदै विराटनगर नेपाल टी–२० लिगको फाइनलमा

काठमाडौं। विराटनगर सुपर किङ्स नेपाल टी–२० लिग क्रिकेटको फाइनलमा पुगेको छ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मङ्गलबार भएको दोस्रो क्वालिफायरमा जनकपुर रोयल्सलाई ३९ रनले पराजित गर्दै विराटनगरले उपाधि भिडन्त पक्का गरेको हो । बुधबार हुने फाइनलमा विराटनगरले लुम्बिनी अलस्टार्सको सामना गर्नेछ ।

१६८ रनको लक्ष्य पछ्याएको जनकपुर १९.१ ओभरमा १२८ रन बनाएर अलआउट भयो । जनकपुरका च्याडविक वाल्टनले ५१ र ट्रेभोन ग्रिफिथले ३४ रन जोडेपनि जति दिलाउन सकेनन् । विराटनगरका कियोन जोसफले ३ तथा राज नानन र नन्दन दवले २–२ विकेट लिए ।

पहिले ब्याटिङ गरेको विराटनगरले पुरै ओभर खेलेर ६ विकेट गुमाउँदै १६७ रन बनाएको थियो। उसका लागि गौरान्शु शर्माले ४२ र अर्जुन साउदले ३५ रन बनाए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved