संसदमा विश्वासको मत माग्दै प्रचण्डले भने, ‘सबै दल मिल्नुको विकल्प छैन’

नेपालभ्युज

संसदमा विश्वासको मत माग्दै प्रचण्डले भने, ‘सबै दल मिल्नुको विकल्प छैन’

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै दल मिल्नुको विकल्प नभएको बताएका छन्।

प्रतिनिधिसभा बैठकमा आफूलाई प्रधानमन्त्रीमा विश्वासको मत माग्दै प्रचण्डले राजनीतिक दल मिल्दा देशले निकास पाउने र नमिल्दा देशमा  पहिलाकै जस्तो गतिरोध उत्पन्न हुने बताए । उनले दलहरूबीच विश्वासपूर्ण सहकार्यको आवश्यकता भएको समेत बताए।

देशलाई निकास दिन राष्ट्रिय सहमति आवश्यक रहेको बताउँदै प्रचण्डले भने, ‘नेपालमा समृद्धिका सबै मिल्नुको विकल्प छैन। सबै मिल्नुको विकल्प छैन। राष्ट्रिय सहमतिको आवश्यकता छ। हामीले पहुँच होइन विधिको शासन सुरु गर्नुपर्छ। त्यसका लागि सबै मिलेर जानुपर्छ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved