कांग्रेस संसदीय दलको बैठक बस्दै, प्रचण्डलाई विश्वासको मत दिने/ नदिने निर्णय गर्ने

नेपालभ्युज

कांग्रेस संसदीय दलको बैठक बस्दै, प्रचण्डलाई विश्वासको मत दिने/ नदिने निर्णय गर्ने

काठमाडौं। प्रतिनिधिसभाको बैठक बस्नुअघि आज नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्दैछ ।  बैठक विहान १० बजे संसदीय दलको कार्यालय सिँहदरबारमा बस्नेछ । बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने/नदिने निर्णय गर्नेछ ।

सभापति शेरबहादुर पक्ष प्रचण्डलाई विश्वासको मत दिने पक्षमा छ भने शेखर कोइराला र गगन थापा पक्ष मत दिन नहुने पक्षमा छ । माओवादी र एमालेको गठबन्धन धेरै नटिक्ने भएकाले पछि गठबन्धन भत्किँदा साथ पाउने आसामा कांग्रेसले प्रचण्डलाई विश्वासको मत दिने अनुमान गरिएको छ । २७५ सदस्यीय प्रतिनिधि सभामा १६९ सांसदले प्रचण्ड सरकारलाई विश्वासको मत दिने निश्चित छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved