ग्लोबल आईएमई बन्यो देशकै ठूलो बैँक, आजदेखि एकीकृत कारोबार

ग्लोबल आईएमई र बैंक अफ काठमाडौंको मर्जर

नेपालभ्युज

ग्लोबल आईएमई बन्यो देशकै ठूलो बैँक, आजदेखि एकीकृत कारोबार

काठमाडौं। मर्जरका लागि सम्पूर्ण प्रक्रिया पूरा गरेका ग्लोबल आईएमई बैङ्क र बैङ्क अफ काठमाण्डौंको आज सोमबारदेखि एकीकृत कारोबार सुरु हुँदै छ ।

सम्पूर्ण सम्पत्ति तथा दायित्व गाभिएपश्चात् बन्ने संस्थामा सर्ने गरी दुवै संस्थाबाट सञ्चालन हुँदै आएका सम्पूर्ण वित्तीय कारोबार एकीकृत रुपमा सोमबारदेखि ‘ग्लोबल आईएमई बैङ्क लिमिटेड’का नामबाट हुन लागेको हो ।

ग्लोबल आईएमई बैङ्कले बैङ्क अफ काठमाण्डूलाई मर्ज गरेपछि मुलुककै ठूलो बैङ्क बन्दै छ । मर्जरपश्चात् बैङ्कको कुल पुँजी ५७ अर्ब रुपैयाँ, चुक्तापुँजी ३५.७७ अर्ब रुपैयाँ, कुल निक्षेप चार खर्ब, कुल कर्जा तीन खर्ब ७९ अर्ब रुपियाँभन्दा बढी पुग्ने भएको बैङ्कले जनाएको छ ।

ग्लोबल आईएमई बैङ्कमा पाँचवटा वाणिज्य बैङ्क, १० वटा विकास बैङ्क तथा छ वटा फाइनान्स कम्पनी समाहित भइसकेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved