६० वर्ष कटेका चलचित्र पत्रकारलाई मासिक ६ हजार भत्ता

नेपालभ्युज

६० वर्ष कटेका चलचित्र पत्रकारलाई मासिक ६ हजार भत्ता

काठमाडौं। चलचित्र पत्रकार संघ नेपालले ६० वर्ष उमेर पुगेका संघका सदस्यलाई मासिकरूपमा सामाजिक सुरक्षा भत्ता दिने भएको छ ।

संघको केन्द्रीय कार्यसमितिको बैठकले प्रस्तावित कल्याणकारी कोष पूर्ण कार्यान्वयनमा नआउँदासम्म ६० वर्ष उमेर पुगेका वा त्योभन्दा बढी उमेर भएका ज्येष्ठ पत्रकार (संघका सदस्य)लाई मासिकरूपमा सामाजिक सुरक्षा भत्ता बापत ६ हजार रुपैयाँ दिने निर्णय गरेको हो ।

यस किसिमको सुविधा प्राप्त गर्ने सदस्यको वार्षिक नवीकरण शुल्क मिनाहा गर्ने निर्णय पनि संघले गरेको छ ।

साथै, बैठकले माघ १३ र १४ गते काठमाडौंमा चलचित्र पत्रकारका लागि कार्यशाला आयोजना गर्ने निर्णय गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved