चुनावी झडपमा मृत्यु भएका बाजुराका सन्दीप र चेतनको परिवारलाई १० लाख दिइने

मंसिर ४ गते सम्पन्न प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा झडप हुँदा मृत्यु भएका बाजुराका सन्दीप ऐडी र चेतन ऐडीको परिवारलाई १०\१० लाख रुपियाँ रकम सहयोग गर्ने भएको छ।

नेपालभ्युज

चुनावी झडपमा मृत्यु भएका बाजुराका सन्दीप र चेतनको परिवारलाई १० लाख दिइने

काठमाडौं। मंसिर ४ गते सम्पन्न प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा झडप हुँदा मृत्यु भएका बाजुराका सन्दीप ऐडी र चेतन ऐडीको परिवारलाई १०\१० लाख रुपियाँ रकम सहयोग गर्ने भएको छ।

हिजो पुस २१ गते बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले दुवै मृतकका परिवारलाई १०\१० लाखको सहयोग गर्ने निर्णय गरेको अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए।

गत मंसिर ४ निर्वाचनका दिन मतदानको समयमा नेपाली कांग्रेसका कार्यकर्ताले ‘बुथ कब्जा’ गर्न खोजेपछि सुरक्षाकर्मीले गोली चलाउँदा कांग्रेसका कार्यकर्ता सन्दीप ऐडीको मृत्यु भएको थियो।

४ गते साँझ त्रिवेणी– ७ बस्ने अनेरास्ववियुका केन्द्रीय सदस्य चेतन ऐडीको कांग्रेस कार्यकर्ताको कुटपिटबाट मृत्यु भएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved