पूर्वमिस नेपाल शृङ्खलाले स्वास्थ्य चौकी बनाएर समुदायलाई गरिन् हस्तान्तरण

पखाला वा प्राथमिक उपचार जस्ता सजिलै निको हुने रोगका कारण धेरैले ज्यान गुमाएका कैलाश गाउँपालिकामा स्वास्थ्य चौकी निर्माणपछि गाउँपालिकालाई हस्तान्तरण गरेकी हुन्। कैलाश ७ स्थित ताम्लाङमा अहिले बिरामीले सेवा लिइरहेको शृङ्खलाले जानकारी दिइन्।

नेपालभ्युज

पूर्वमिस नेपाल शृङ्खलाले स्वास्थ्य चौकी बनाएर समुदायलाई गरिन् हस्तान्तरण

काठमाडौं। पूर्वमिस नेपाल श्रृंखला खतिवडाले मकवानपुरमा स्वास्थ्य चौकी निर्माण गरेर समुदायलाई हस्तान्तरण गरेकी छन्।

पखाला वा प्राथमिक उपचार जस्ता सजिलै निको हुने रोगका कारण धेरैले ज्यान गुमाएका कैलाश गाउँपालिकामा स्वास्थ्य चौकी निर्माणपछि गाउँपालिकालाई हस्तान्तरण गरेकी हुन्। कैलाश ७ स्थित ताम्लाङमा अहिले बिरामीले सेवा लिइरहेको शृङ्खलाले जानकारी दिइन्।

पखाला वा प्राथमिक उपचार जस्ता सजिलै निको हुने रोगका कारण धेरैले ज्यान गुमाएका सो ठाउँमा स्वास्थ्य चौकी ठूलो उपलब्धि भन्दै स्थानीयले प्रशंसा गरेका छन्। उनले सन् २०१८ को विश्वसुन्दरी प्रतियोगिताको महत्त्वपूर्ण विधा ब्युटी विथ पर्पसको लागि गृहजिल्ला मकवानपुरको कैलाश गाउँपालिका–७ स्थित ताम्लाङमा स्वास्थ्य चौकी निर्माण गरेकी थिइन्।

दुई वर्ष लगाएर सम्पन्न भएको यो स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीलाई पनि उनीहरूको अथक योगदानका लागि शृङ्खलाले धन्यवाद दिएकी छन्।

हस्तान्तरणपछि परियोजनाअन्तर्गत स्टाफ क्वार्टर पनि थपेको उनले उल्लेख गरेकी छन्। शृङ्खलापछि मिस नेपाल बनेकी नम्रता श्रेष्ठले धादिङमा झोंलुगे पुल निर्माण गरेकी थिइन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved