लुम्बिनी अलस्टार्स नेपाल टी–२० लिगको क्वालिफायरमा

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बुधबार काठमाडौं नाईट्सलाई १०२ रनले हराउँदै लुम्बिनी क्वालिफायरमा पुगेको हो ।  

नेपालभ्युज

लुम्बिनी अलस्टार्स नेपाल टी–२० लिगको क्वालिफायरमा

काठमाडौं। नेपाल टी–२० लिगमा लुम्बिनी अलस्टार्सले आठौँ जित निकाल्दै क्वालिफायरमा स्थान पक्का गरेको छ ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बुधबार काठमाडौं नाईट्सलाई १०२ रनले हराउँदै लुम्बिनी क्वालिफायरमा पुगेको हो ।

१८४ रनको लक्ष्य पछ्याएको काठमाडौं १५.४ ओभरमा ८१ रनमा अलआउट भयो। काठमाडमौंका लागि बसिर अहमदले २२ र लोकेश बलमे १५ रन जोडे।

लुम्बिनीको लागि ह्यारी टेक्टर, इशान पाण्डे र कुशल भूर्तेलले २–२ तथा किशोर महत्तो, बिपुल शर्मा र हर्मित सिंहले १–१ विकेट लिए।

पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित १७ ओभरमा ६ विकेट गुमाएर १८३ रन बनायो। लुम्बिनीको लागि हर्मितले ७० र लाहिरु मिलन्थाले २६ रन जोडे। काठमाडौंका लागि अबिनाश बोहराले ३, बसिर अहमदले २ र अनिल खरेलले १ विकेट लिए ।

मैदान ओसिलो भएकाले खेल १७ ओभरमा झारिएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved