पाँचथरमा आगलागी हुँदा दुई जनाको मृत्यु, तीन जनाले भागेर ज्यान बचाए

नेपालभ्युज

पाँचथरमा आगलागी हुँदा दुई जनाको मृत्यु, तीन जनाले भागेर ज्यान बचाए

पाँचथर। पाँचथरको फिदिम नगरपालिका ८ घुमाउनेटारका मेघबहादुर गुरुङको घरमा आगलागी हुँदा दुई जनाको मृत्यु भएको छ । आगलागीमा परि मेघबहादुर सहित दुई जना घाइते भएका छन् ।

ज्यान गुमाउनेमा मेघबहादुका २२ वर्षीय छोरी ममता गुरुङ र २३ वर्षकी बुहारी आशासिंह थेबे (गुरुङ) रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

५५ वर्षीय मेघबहादुर गुरुङ र उहाँका छोरा विजेन्द्र गुरुङ घाइते भएका छ्न् । घाइतेको अवस्था सामान्य छ । 

जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमूख हरि खतिवडाका अनुसार सो घरमा सात जना सुतेका थिए । जसमध्ये तीन जनाले भागेर ज्यान बचाउन सफल भएका छन् ।

खतिवडाका अनुसार आगलागीबाट घर पूर्ण क्षति भएको छ भने आगलागीको कारण खुलेको छैन । आगलागी रातको १:३० बजे सुरु भएको थियो ।

घटनास्थलमा जिल्ला प्रहरी कार्यालय पाँचथरबाट डिएसपी खतिवडा नेतृत्वको टोली सहित दमकल समेत पुगेको थियो ।

घटनामा ५० लाख रुपैंयाभन्दा बढीको आर्थिक क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved