काठमाडौं । श्रीलंकासँगके पहिलो टी-२० क्रिकेटमा भारतले श्रीलंकालाई हराएको छ । मुम्बइको वाङखडे मैदानमा गएराती भएको निकै रोमाञ्चक खेलमा भारतले श्रीलंकालाई २ रनले हराएको हो । अन्तिम ओभरमा जितको लागि १३ रन चाहिएकोमा श्रीलंकाले जम्मा १० रन मात्रै बनाउन सक्यो ।
भारतले दिएको १ सय ६३ रनको लक्ष्य पछ्याएको श्रीलंका २० ओभरमा १ सय ६० रनमा समेटियो । श्रीलंकाका कप्तान डासुन सनकाले ४५ रन तथा कुशल मेन्डिसले २८ रन बनाएपनि टोलीलाई जिताउन सकेनन् । भारतका शिवम माभीले ४ विकेट लिए । त्यस्तै उम्रन मलिक र हर्सल पटेलले २/२ विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको भारतले २० ओभरमा ५ विकेट गुमाएर १ सय ६२ रन बनाएको थियो । भारतका दिपक हुडा ४१ तथा अक्षर पटेल ३१ रनमा अविजित रहे । त्यस्तै इशान किशनले ३७ रन बनाए । दुई देशबिचको दोस्रो खेल बिहीबार र तेस्रो खेल शनिबार हुनेछ ।
Facebook Comment
Comment