काठमाडौं। चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी फिल्म छायांकन स्टुडियो स्थलको अवलोकनका लागि दोलखा पुगेका छन् ।
सरकारले दोलखाको भीमेश्वर नगरपालिका-८ स्थित लाकुरीडाँडामा प्रस्ताव गरेको अन्तर्राष्ट्रिय चलचित्र नगरीको निर्माण चाँडै सुरु गरिने बताएपछि त्यसका लागि उक्त ठाउँको अध्ययन अवलोकनका लागि अध्यक्ष केसीसहित शुक्रबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव उत्तरकुमार खत्री, सदस्य राज कटुवालसहितको टोली त्यहाँ पुगेको थियो ।
टोलीले निर्माण स्थलको अवलोकन र लागतबारे अध्ययन गरेको थियो । सरकारले बजेटमार्फत त्यहाँ अन्तर्राष्ट्रियस्तरको फिल्म स्टुडियो निर्माण गर्ने योजना बनाएको थियो । जसअनुसार बजेट पनि विनियोजन भइसकेको छ ।
पटक-पटक सरकार फेरिंदा फिल्म स्टुडियोको निर्माण कार्य र योजना अलपत्र पर्ने गरेको थियो । तर आफ्नो कार्यकालमा जसरी पनि स्टुडियो निर्माणको कार्यलाई अघि बढाउने योजनामा केसी छन् ।
अध्यक्ष हुने बित्तिकै भुवन गत साउन २१ गते पोखराको ऐतिहासिक कास्कीकोट पुगेका थिए । त्यहाँ स्टुडियो बनाउन बोर्डले अध्ययन थालेको समेत उनले बताएका थिए ।
Facebook Comment
Comment