नेपाल टी–२० लिग : फारवेस्टले दियो जनकपुरलाई १७० रनको लक्ष्य

नेपालभ्युज

नेपाल टी–२० लिग : फारवेस्टले दियो  जनकपुरलाई  १७० रनको लक्ष्य

काठमाडौं। नेपाल टी–२० लिगमा फारवेस्ट युनाइटेडले जनकपुर रोयल्सलाई १७० रनको लक्ष्य दिएको छ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहीबार जारी खेलमा फारवेस्टले पूरै ओभर खेल्दा ६ विकेट गुमाएर १६९ रन बनाएको हो।

फारवेस्टको लागि करन केसीले अविजित ४६ र भीम शार्कीले अविजित ३६ रन जोडे।

जनकपुरको लागि ललित राजवंशीले २, जितेन्द्र मुखिया र सोमपाल कामीले १–१ विकेट लिए।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved