सन्दीपको पुनरावेदन पेसी आज, आदेश आउनसक्ने

नेपालभ्युज

सन्दीपको पुनरावेदन पेसी आज, आदेश आउनसक्ने

काठमाडौं। बलात्कार आरोपमा पुर्पक्षका लागि थुनामा रही मुद्दा लडिरहेका नेपाली राष्ट्रिय टिमका पूर्वकप्तान सन्दीप लामिछानेको पुनरावेदनको पेसी आज (बिहीबार) परेको छ।

पाटन उच्च अदालतमा हुने पेसीमा आज नै बहस भएपछि आदेश हुनसक्ने सम्भावना रहेको सन्दीप पक्षधर कानून व्यवसायीले बताएका छन् ।

लामिछानेको पुनरावेदनको मुद्दा न्यायाधीशद्वय सुभाष पौडेल र किरणकुमार पोखरेलको इजलासमा परेको छ।

गत साताका लागि नै पेसी तोकिए पनि ‘बार डे’ परेपछि सन्दीप पक्षका वकिलले नै उक्त दिनको पेसी स्थगित गरेका थिए। यसअघि, बलात्कार आरोपित क्रिकेटर लामिछानेबाट पीडित किशोरीको जन्मसम्बन्धी प्रमाण झिकाउन काठमाडौं जिल्ला अदालतले आदेश दिएको थियो।

लामिछानेमाथि नाबालिग (१८ वर्षमुनि)  किशोरीलाई बलात्कार गरेको आरोप छ। उमेरसम्बन्धी विवाद भएपछि इजलासले उनको जन्मसम्बन्धी अभिलेख अस्पतालबाट झिकाउन आदेश दिएको हो।

लामिछानेलाई प्रहरीले असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved