काठमाडौंले दियो जनकपुरलाई २०९ रनको लक्ष्य

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा काठमाडौंले पूरै ओभर खेल्दा ६ विकेट गुमाएर २०८ रन बनायो ।

नेपालभ्युज

काठमाडौंले दियो जनकपुरलाई २०९ रनको लक्ष्य

काठमाडौं। नेपाल टी–२० लिगमा काठमाडौं नाइट्सले जनकपुर रोयल्सलाई २०९ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ। त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा काठमाडौंले पूरै ओभर खेल्दा ६ विकेट गुमाएर २०८ रन बनायो ।

काठमाडौंको लागि एलेक्स ब्लेकले ४३ बलमा ८३ रन बनाउँदा विरनदीप सिंहले ३४ बलमा ४९ रन जोडे। ब्लेकले विस्फोटक ब्याटिङ प्रदर्शन गर्दै २७ बलमा ३ चौका र ४ छक्का प्रहार गर्दै अर्धशतक पूरा गरे।

जनकपुरको लागि पवन सरफले २ र सराफुद्दिन अशराफ, मोहम्मद आदिल आलम, जितेन्द्र मुखिया र सोमपाल कामीले १–१ विकेट लिए।

काठमाडौं दोस्रो जितको खोजीमा छ भने जनकपुर लगातार तेस्रो जित निकाल्न चाहन्छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved