प्रदेश एक कांग्रेस संसदीय दलको नेता छान्न पुस १५ मा मतदान

नेपालभ्युज

प्रदेश एक कांग्रेस संसदीय दलको नेता छान्न पुस १५ मा मतदान

काठमाडौं। प्रदेश एक कांग्रेस संसदीय दलको नेता चयन गर्न पुस १५ गते मतदान हुने भएको छ । प्रदेश निर्वाचन समितिले सूचना जारी गर्दै पुस १५ गते बिहान ९ बजेदेखि १० बजेसम्म मतदानको समय तोकिएको जनाएको छ ।

पुस १४ गते बिहान ९ बजे मतदाता नामावली सार्वजनिक गर्ने सोही दिन बिहान साढे ११ बजे अन्तिम नामावली सार्वजनिक गर्ने निर्वाचन कार्यतालिका छ ।

पुस १४ गते १२ः३० देखि १ः३० सम्म उम्मेदवारी दर्ता गरिने र सोही दिन अपरान्ह ४ बजेसम्म उम्मेद्वारको अन्तिम नामावली सार्वजनिक गरिने सूचनामा उल्लेख छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved