बालकोट बैठक : प्रचण्डको नेतृत्वमा नयाँ सरकार बनाउने सहमति

एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको बैठकमा प्रचण्डलाई आगामी प्रधानमन्त्री बनाउने सहमति जुटेको हो ।

नेपालभ्युज

बालकोट बैठक : प्रचण्डको नेतृत्वमा नयाँ सरकार बनाउने सहमति

काठमाडौं। बालकोटमा भएको दलहरुको बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार बनाउने सहमति जुटेको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको बैठकमा प्रचण्डलाई आगामी प्रधानमन्त्री बनाउने सहमति जुटेको हो ।

यही सहमति अनुसार दलहरुले आजै राष्ट्रपति समक्ष दाबी पेश गर्ने तयारी गरेका छन् । बैठकमा सहभागी माओवादी नेता वर्षमान पुनका अनुसार दाहाललाई प्रधानमन्त्रीमा अघि सार्दै राष्ट्रपतिसमक्ष आइतबारै दाबी पेश गर्ने सहमति भएको छ ।

दाहाललाई एमालेका ७८, माओवादीका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २०, राप्रपाका १४, जसपा १२ र अन्य साना दलको समेत समर्थन जुटेको बताइएको छ । सिके राउत नेतृत्वको जनमत पार्टीले पनि नयाँ गठबन्धनलाई सघाउने बताइएको छ छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved