काभा यु–२३ भलिबल प्रतियोगिता : नेपालको लगातार तेस्रो पराजय

बङ्गलादेशको ढाकामा शनिबार भएको खेलमा नेपाल किर्गिस्तानसँग ३–२ ले पराजित भएको हो।

नेपालभ्युज

काभा यु–२३ भलिबल प्रतियोगिता : नेपालको लगातार तेस्रो पराजय

काठमाडौं। काभा यु–२३ अन्तर्राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा नेपाल लगातार तेस्रो खेलमा पराजित भएको छ।

बङ्गलादेशको ढाकामा शनिबार भएको खेलमा नेपाल किर्गिस्तानसँग ३–२ ले पराजित भएको हो।

पहिलो सेटमा नेपाल २५–१६ ले पराजित भयो। दोस्रो सेटमा नेपालले २५–२३ ले जित निकाल्यो। तेस्रो सेटमा नेपाल २५–१७ ले पराजित भयो।

चौथो सेटमा नेपालले किर्गिस्तानलाई २५–१९ ले पराजित गर्यो। पाँचौँ सेटमा नेपाल १५–६ ले पराजित भयो।

यसअघि, नेपाल बङ्गलादेशसँग र श्रीलंकासँग पराजित भएको थियो। प्रतियोगितामा नेपाल, बङ्गलादेश, किर्गिस्तान र श्रीलंकाको सहभागlता रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved